हर्क साम्पाङ भन्छन्- धरानमा हावाबाट विजुली निकाल्छाैं

धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले धरानमा अब हावाबाट विजुली निकाल्ने बताएका छन् ।

उनले धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकामा हावाबाट विजुली निकाल्ने नमूना प्रोजेक्ट सुरु गर्न लागेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा क्रियाशील रहँदै आएका प्रमुख साम्पाङले सोमबार ट्वीट गर्दै सो जानकारी दिएका हुन् ।

उनले हावाबाट विजुली निकाल्ने प्रोजेक्टले विष्णुपादुकालाई आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा आकर्षित गर्ने उल्लेख गरेका छन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img