१ करोड ६ लाख बिगोसहित भूमि आयोगका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भूमि आयोगका अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध १ कराेड ६ लाख रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार गरेकाे भन्दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेकाे छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले १ करोड छ लाख ३३ हजार ३३९ रुपैयाँ बिगो कायम गरेर पाेखरेलविरुद्ध विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरिएकाे जानकारी दिए ।

पाेखरेल यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधाराका तत्कालीन निमित्त कार्यालय प्रमुख रहँदा नै अख्तियारले उनीमाथि अनुसन्धान थालेकाे थियाे ।

हाल उनी सरुवा भएर राष्ट्रिय भूमि आयोग ताहाचल काठमाडाैंमा कार्यरत थिए । पाेखरेल २०४६ साल असारदेखि सरकारी सेवा प्रवेश गरेका थिए ।

अख्तियारले २०४६ सालदेखि २०७८ फागुन १५ गतेकाे अवधिमा पाेखरेलकाे नाममा उनकाे परिवारकाे नाममा रहेकाे चलअचल सम्पत्तिकाे अनुसन्धान गरेकाे थियाे ।

अनुसन्धानमा ४ करोड ३७ लाख ८८ हजार ४०२ रुपैयाँ बराबरको सम्पत्ति फेला पारेकोमा ३ करोड ३१ लाख ५५ हजार ६२ रुपैयाँकाे मात्रै स्रोत खुलेको थियाे ।

स्रोत नखुलेको पैसालाई बिगो कायम गरी पोखरेलविरुद्ध मुद्दा दायर गरिएकाे हाे ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्