धरान–५ मा दादागिरी गर्नेहरुलाई कारबाही गरिनेछः मेयर साम्पाङ

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले धरान–५ मा दादागिरी गरिएको भन्दै उनीहरु सबैमाथि कारबाही गरिने चेतावनी दिएका छन् ।

आइतबार धरान–५ देउरालीस्थित अधेरीखोला किनारमा निर्माण गरिएकाे अनधिकृत घर भत्काएपछि आक्रोशित व्यक्तिहरुले उपमहानगरपालिकाका जनप्रतिनिधिमाथि नै ज्यान मार्ने धम्की दिएको भन्दै त्यस्ताे ‘दादागिरी’ गर्ने र विधिको शासनलाई कमजोर बनाउन खोज्नेहरु सबैलाई कारबाही गरिने मेयर साम्पाङकाे चेतावनी छ ।

उपमहानगरपालिकाले डोजर प्रयोग गरी अवैध संरचना भत्काएपछि केही आक्रोशित व्यक्तिहरुले धरान–५ का वडाअध्यक्ष मनप्रसाद लिम्बूको घरमा गएर परिवारका सदस्यहरुलाई कुटपिट र गालीगलौज गरेको बताइएको छ ।

घटना भएको बेला वडाअध्यक्ष लिम्बू घर बाहिर थिए । उनलाई नभेटेपछि उनका छोरा दिपेन लिम्बू र वडाकार्यालयका सहयोगी राजन राईमाथि कुटपिट गरिएको थियो ।

आफूहरु असुरक्षित भएपछि वडाअध्यक्ष लिम्बूले पूर्व वडाअध्यक्ष समेत रहेका सन्तोष लिम्बूसहित १२ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

जनप्रतिनिधिहरु नै असुरक्षित बन्ने अवस्था आएपछि मेयर साम्पाङले आइतबार साँझ सामाजिक सञ्जालबाट भने, ‘धरान ५ मा दादागिरी गर्ने र विधिको शासनलाई कमजोर बनाउन खोज्ने सबैलाई कारबाही गरिनेछ ।’

उनले एक प्लेट चाउमिन, एक बोतल रक्सी र केही पैसाको बहकाउमा नलाग्न आग्रह गर्दै अन्यथा पछुताउनुपर्ने अवस्था आउन सक्ने जानकारी गराएका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्