सामुदायिक विद्यालयहरुमा सरकारी भन्दा निजी शिक्षक बढी

काठमाडौँ । सामुदायिक विद्यालयहरुमा सरकारी तहबाट भन्दा आन्तरिक रुपमा बढी संख्यामा शिक्षक रहेको एक अध्ययनले देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै गरेको एक अध्ययनबाट यस्तो देखिएको हो ।

मन्त्रालयको योजना तथा अनुगमन महाशाखा, जनशक्ति विकास तथा योजना शाखाले ६ वटा प्रदेशको ५४ वटा सामुदायिक विद्यालयहरुको अनुगमन तथा अध्ययन गरेको थियो ।

झापा, मोरङ, सुनसरी, धनुषा, सिरहा, सप्तरी, चितवन, कास्की, गुल्मी, रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र सुर्खेतका ५४ वटा सामुदायिक विद्यालहरुको अध्ययन गर्दा ती विद्यालयहरुमा सरकारी तहबाट कुल १ हजार ६ सय ४४ जना शिक्षक रहेको र आन्तरिक रुपमा १ हजार ८ सय ९१ जना शिक्षक राखिएको पाइएको हो ।

अध्ययन कार्यदलको नेतृत्व गरेका मन्त्रालयका उपसचिव ईश्वरी प्रसाद पोखरेलका अनुसार विद्यार्थी बढी भएका र ‘स्थानीयले राम्रो भनेका’ सामुदायिक विद्यालयहरुको अध्ययन गरिएको थियो ।

स्थानीय तह तथा विद्यालयहरुले आप्mनो तहबाट शिक्षक राखेर पठनपाठन गराउँदा शैक्षिक सुधार भएको प्रतिवेदनले देखाएको छ ।

अध्ययन गरिएका ५४ वटा विद्यालयहरुमा विद्यार्थी संख्या एक लाख ३३५ रहेको उल्लेख छ । शिक्षक विद्यार्थी अनुपात २८ दशमलव ३८ प्रतिशत देखिएको छ ।

प्रतिवेदनको सारांशमा भनिएको छ, ‘यदि आन्तरिक स्रोतबाट शिक्षक व्यवस्थापन नगरिएको भए ६१ दशमलव ३२ प्रतिशत शिक्षक विद्यार्थी अनुपात थियो । यही रुपमा सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण, भर्ना र टिकाउ नहुन सक्थ्यो । फलतः सामुदायिक विद्यालयमा भएका विद्यार्थी पुनः संस्थागतमा फर्किन्थे र संस्थागत सहभागिता हाल करिब २९/३० प्रतिशत रहेकोमा ४०/५० प्रतिशततर्फ उकालो लाग्थ्यो र सामुदायिक विद्यालयको हालको ७० प्रतिशत सहभागितामा ओरालो लागी ५०/६० तिर पुग्थ्यो भन्ने निष्कर्ष निस्कन्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्