Sunday, November 27, 2022
11.1 C
Diktel

शिक्षकले छात्रालाई अश्लिल भिडियो देखाएपछि

Subtitle

नवलपुरको गैँडाकोटमा रहेको जनक माध्यमिक विद्यालयमा पढाउने शिक्षकले विद्यार्थीलाई अश्लिल भिडियो देखाएको बिरोध गर्दै सोही विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् ।

जनक माध्यामिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर विषय पढाउने शिक्षक कपिल घिमिरेले एक्लै कोठामा लगेर अश्लिल भिडियो देखाइ दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले आन्दोलन गरेका हुन् ।

शिक्षक घिमिरेले गरेको दुर्व्यवहारबारे विद्यालयका प्रधानाध्यापक सहित समितिमा नै कुरा राख्दा पनि शिक्षकले गलत नगरेको भनेर कारबाहीको सट्टा जोगाउन खोजेको आरोप विद्यार्थीहरूको छ ।

कक्षा १२ मा पढ्ने छात्राले आफूलाई शिक्षकले दुर्व्यवहार गर्दा पनि प्रशासनले शिक्षककै पक्षमा बोलेको बताइन् ।

यस सम्बन्धमा विद्यालय प्रशासन तथा आरोपित शिक्षकको प्रतिक्रिया उपलब्ध हुन सकेको छैन ।

विद्यालय आडैमा घर भएका स्थानीय माधव आचार्यका अनुसार आक्रोशित विद्यार्थीहरूले विद्यालय तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकल जलाएका छन् । स्वतन्त्र समाचार

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्