हर्क साम्पाङ भन्छन्- म किराती हुँ, प्रकृतिपुजक हुँ

धरान । श्रम संस्कृतिको विकास गरेर चर्चामा आएका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आफू किराती र प्रकृतिपुजक रहेको प्रष्ट पारेका छन् ।

प्रमुख साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट प्रष्ट भनेका छन्, ‘म किराती हुँ, प्रकृतिपुजक हुँ । म कर्ममा विश्वास राख्दछु । यो प्रकृति बचाउनु मेरो धर्म हो, त्यसैले दिनरात काम गरिरहेको छुु ।’

हिन्दु धर्मका गुरु भनिने एक व्यक्तिले प्रमुख साम्पाङलाई क्रिश्चियनहरुको दलाल भन्दै सार्वजनिक अभिव्यक्ति दिएकोमा उनले सोको प्रतिक्रिया अनुरुप सबै धर्म र भगवान् एउटै हो भन्ने आफ्नाे बुझाइ रहेको उल्लेख गरेका छन् ।

‘यो पृथ्वी र सारा ब्रम्हाण्ड नै मेरो घर, मन्दिर, गिर्जाघर, मस्जिद, गुम्बा जे भने पनि हो,’ उनले लेखेका छन्, ‘म सबैको ईश्वर, अल्लाह, भगवान् र माङलाई एक समान मान्दछु । मलाई गाली गरेर धर्मको बेइज्जेत र माङको अपमान नगर्नु,मान्छे बन्नु पहिले अनि कुरा गर्नु अरु ।’

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्