ओखलढुंगा । धरान उपमहानगरका मेयरमा स्वतन्त्र उम्मेदवार बनेका हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएपछि उनले जनप्रतिनिधि स्वयम्को श्रम संस्कृतिको विकास गरे ।
जनप्रतिनिधिका साथमा स्थानीय सयौले रहेक दिन धरानमा श्रमदान गरिरहेका छन् । खानेपानी जुटाउने कामदेखि अहिले धरानमा रुख विरुवा रोप्ने काम पनि जारी छ ।
तर, जनप्रतिनिधिहरुको श्रम संस्कृति धरानमा मात्रै सीमित छैन । त्यसको रापतापले देशभरि नै सकारात्मक असर परेको छ ।
ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा पनि गाउँपालिका अध्यक्ष गम्बु शेर्पासहितका टिमले श्रमदान गरिरहेका छन् ।
यी तस्बिरहरुमा खिजिदेम्बा–९ जाने सडक बाटो मर्मत गरिरहेको देखिन्छ ।
यो श्रमदानमा अध्यक्ष शेर्पा आफै संलग्न छन् भने जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरु, गाउँपालिकाका कर्मचारीहरु र स्थानीयहरु सहभागी भएका छन् ।