आगामी राष्ट्रिय जनगणनामा मस्ट धर्म समावेश गर्न माग

विश्व मस्ट धर्म महासंघले खसहरूको मस्ट धर्मलाई आगामी राष्ट्रिय जनगणनामा समावेश गर्न माग गरेको छ ।

महासंघका अध्यक्ष युवराज कार्कीले हालै केन्द्रीय तथ्यांक विभागमा ज्ञापन-पत्र बुझाउँदै मस्ट धर्मावलम्बीलाई अन्य धर्ममा गाभेर जनगणना नगर्न माग गरेका छन् ।

मस्ट धर्म संस्कृति आफैँमा प्राचीन र स्वतन्त्र भए पनि त्यसलाई हिन्दुमा जबरजस्त गाभिएको महासंघको भनाइ छ ।

महासंघका अध्यक्ष कार्कीले जनगणनामा मस्ट धर्मलाई हिन्दुमा गाभ्ने काम गरे त्यो आफूहरूलाई स्वीकार्य नहुने चेतावनी दिए ।

उनले भने, ‘हामी मस्ट धर्मावलम्बीको पहिचान मेटाउने काम भएको छ । त्यसैले अब हामी हाम्रो धर्म संस्कति र परम्परा कायम गराएरै छोडछौँ ।’

जनगणनाका गणकहरूले धर्ममा मस्ट भन्नेको त्यही लेख्न र जातिमा खस लेख्न माग पनि गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्