जनगणनामा १०५ वटा प्रश्नावली, यौनिक तथा लैंगिक अल्पसंख्यकको सूचना संकलन गरिँदै

बुधबारदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । बुधबारदेखि नै घरधुरी सर्वेक्षणका लागि सर्वेक्षक परिचालन भएका छन् । उनीहरूले घरघरमा गएर सर्वेक्षण गर्नेछन् । सर्वेक्षकले २५ वटा प्रश्नावलीका फारम भर्नेछन् ।

१८ असोजसम्ममा सूचीकरणको काम पूरा हुनेछ । त्यसपछि गणकहरू ८० वटा प्रश्नावली बोकेर फेरि गठकहरू घरघर पुग्नेछन् । २५ कात्तिकदेखि ९ मंसिरसम्म मुख्य गणनाको काम हुँदै छ ।

यस पटक आर्थिक र समाजिक तथ्यांकसमेत संकलन गर्ने गरी जनगणनाको काम सुरु भएको हो । यसअघि सबैलाई जानसांख्यिक प्रश्नावली सोधिन्थ्यो र केहीलाई आर्थिक प्रश्नावली सोधिन्थ्यो । तर, आउँदो जनगणनामा भने सबैलाई आर्थिक प्रश्नावलीसमेत सोधिने भएको छ । सामाजिक प्रश्नावली भने वडाको समग्र अवस्था र सुविधाको बारेमा प्रश्नावली सोधेर तथ्यांक संकलन गर्ने जिल्ला मतगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए ।

एक जना पर्यवेक्षकले चार गणकले चार गणना क्षेत्रमा काम गर्नेछन् । १६० देखि १९० परिवारलाई एक गणना क्षेत्र कायम गरिनेछ । एउटा गणना क्षेत्रमा भने एक जना गणक तथ्यांक संकलनको लागि परिचालन हुनेछन् । तर, अहिलेसम्म गणक भने छनोट भइसकेका छैनन् । इलाम जिल्लालाई ३९७ गणना क्षेत्र कायम गरिनेछ ।

यसअघि जिल्ला तहको तथ्यांक सार्वजनिक हुने गरेकामा यस पटक जनगणनाको तहगत रूपमा नै तथ्यांक सार्वजनिक हुनेछ । ‘वडा तहकै सूचना आउनेगरी जनगणना हुँदै छ’, जिल्ला जनगणना अधिकारी कार्की भन्छन्, ‘पहिले जिल्ला तहमा मात्र पाउने तथ्यांक अब पालिका हुँदै वडासम्मको आउनेछ ।’

जनगणनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको सूचना संकलन गरिँदै छ । उनीहरूको ‘अन्य लिंगी’का रूपमा तथ्यांक संकलन हुनेछ । पाँचवटा समूहमा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकको भने एकमुष्ठ तथ्यांक मात्र प्राप्त हुनेछ । उनीहरूको यकिन तथ्यांक संकलनका लागि अभियन्ताहरूको सक्रियता बढेको छ ।

पहिलेको तुलनामा धेरै संख्या आउने अपेक्षा रहेको ब्लु डाइमण्ड सोसाइटीकी प्रतिनिधि गौरी नेपाली बताउँछिन् । ‘पहिलेको तुलनामा यौनिक र लैंगिक अल्पसंख्यक खुल्न थालेका छन्, त्यसैले पहिलेको भ्दा धेरै संख्या आउन सक्छ’, नेपाली भन्छिन्, ‘समलिंगी र अन्तरलिंगी समूहलाई खुल्न चुनौती छ ।’ न्युज कारखाना

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्