संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताएका छन् ।
आइतबार मन्त्री निवास पुल्चाेकमा नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेविसंघले चाडबाडका बेलामा हुने भाडा दरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापन-पत्र ग्रहण गर्दै मन्त्री किरातीले साे कुरा बताएका हुन् ।
उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडा दरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एक मात्र विकल्प रहेको बताए ।
दसैंअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनकाे भनाइ छ ।
उनले अहिले इन्धनकाे मुल्य बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए ।