भाेजपुरमा ८ वर्षीया बालिकाकाे बलात्कारपछि हत्या

भोजपुरस्थित आमचोक गाउँपालिका-६, बयाङ थुम्कीटाेलकी आठ वर्षीया बालिका आकृति (खान्नुमा) राईकाे बलात्कारपछि हत्या गरिएकाे पाइएकाे छ ।

शनिबार बिहान आमचोक गाउँपालिका-६, टेङलुङछुकको जंगलको गुफामा बालिकाको शव फेला परेको थियाे ।

बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले साेही ठाउँका २१ वर्षीय दीपचन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

बालिका बिहीबार साँझदेखि हराइरहेकी थिइन् ।

परिवारले आफ्नाे खेलिरहेकी छोरी हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय बयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट २५ जनाको प्रहरी टोलीले खोजतलास गरेको थियो ।

प्रहरीका अनुसार घटना हुनअघि अन्तिम पटक ती बालिका र अभियुक्त छिमेकी दीपचन्द्रको भेट भएको खुलेपछि उनीमाथि अनुसन्धान गरिएको थियो ।

‘शरीरमा घाउहरू देख्यौं । त्यसपछि कसरी भयो भनेर सोध्दा घाँस काट्न जाँदा भएको भन्ने जवाफ आएपछि थप केरकार गरेपछि उनले घटना घटाएको स्वीकारे’, जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी सुदीपराज पाठकले भने ।

शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा बालिकाको शव फेला परेको थियो ।

बालिकाको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्