नापी कार्यालय झापाका सर्वेक्षक १ लाख २५ हजार घुससहित पक्राउ

नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपैयाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार उनीहरुले ७० हजार रुपैयाँ र ५५ हजार रुपैयाँको चेकसहित घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हाे ।

अनुसन्धानको क्रममा सर्वेक्षक ठाकुरसहित सुवाषचन्द्र यादव र बिचौलिया यादवले आपसी मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग सो रकम भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन जनाविरुद्ध सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

Please enter your comment!
Please enter your name here