सन् २०२५ मा मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी

मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५ मनाउने तयारी सुरु गरिएको छ ।

मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश कुमार राईले सन् २०२५ लाई मुन्दुम ट्रेल भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिएको जनाए ।

उनले १ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष मनाउने तयारी गरिएको बताए ।
उनका अनुसार एक पर्यटकको औसत २० हजार खर्च हुनेछ ।

उनले अब स्थानीय सरकार र सरोकारवाला घनीभुत छलफल र अन्तरक्रिया गरी अघि बढ्ने पनि बताएका छन् ।

मुन्दुम ट्रेल भोजपुर, खोटाङ, सुलुखुम्बु, संखुवासभा, सुनसरी, उदयपुर, र धनकुटाको समृद्धिको आधार बन्ने अपेक्षा गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्