काठमाडौंमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी गरिँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको सान दिक्तेलको स्वाभिमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकता संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ आयोजना गर्ने भएको छ ।

नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहल काठमाडौंमा यही फागुन ५ देखि १७ गतेसम्म आयोजना गरिने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी-२०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने दिक्तेल रुपाकोट मझुवागढीका प्रमुख तीर्थराज भट्टराईले बताए ।

प्रदर्शनीमा ५० देशका चित्रकारहरुले बनाएका १७० भन्दा बढी चित्रहरु राखिने छन् ।

जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङकाे समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने छ ।

गत असोज १७ देखि २१ गतेसम्म १९ जना विदेशी र २४ जना स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराई स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार-प्रसारका लागि १०९ वटा जीवन्त चित्रहरु (लाइभ) कोरिएको थियो ।

उक्त प्रदर्शनीको अवसरमा राई, नेवार, गुरुङ, क्षेत्री, बाहुनलगायत जातजातिका सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने नगरप्रमुख भट्टराईले बताए ।

प्रदर्शनीको अवधिमा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, कुटनीतिक नियोगका अधिकारीहरु, उद्योगी-व्यवसायी, लेखकलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहने छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्