एसईईको ग्रेडवृद्धि परीक्षाकाे तयारी कक्षा रेडियाे र टिभीमा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको तयारी कक्षा रेडियो र टिभीमा समेत सञ्चालन गर्ने भएको छ ।

मंगलवार एक सूचना जारी गर्दै केन्द्रले ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन हुने जनाएको हो ।

यससँगै २३ साउनदेखि हुने ग्रेड वृद्धि परीक्षाका लागि विद्यार्थीले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत तयारी गर्न सक्नेछन् ।

तयारी कक्षा ग्रेड वृद्धि परीक्षा सुरु हुने अघिल्लो दिनसम्म चल्ने छ ।

यसअन्तर्गत अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयकाे तयारी कक्षा सञ्चालन हुनेछन् । जसमा नेपाल टेलिभिजनमा साँझ र बिहान पढाइ हुन्छ भने रेडियो नेपालमा साँझ मात्र पढाइ हुन्छ ।

त्यस्तै विद्यार्थीले केन्द्रको ‘एनसीईडी भर्चुअल’ युट्युब च्यानलमा रहेका सामग्रीहरूको समेत प्रयोग गर्न सक्नेछन् । केन्द्रले पढाउने समय तरिका तल दिइएको छ । टेकपानाबाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्