जनता समाजवादी पार्टीले मुक्कुमलुङ आन्दोलनकारीहरूमाथि सशस्त्र प्रहरीले दमन गरी गोली प्रहार गरेको घटनाको घोर विरोध गरेको छ ।

जसपाका महासचिव इस्तियाक राईले शनिबार राति एक विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध गरेका हुन् ।

जसपाले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर सहमति खोज्न सरकारसँग अनुरोध गरेको छ ।

यद्यपि जसपा अहिले सरकारमा रहेको दल हो । हाल जसपाको केन्द्रीय समितिको बैठक वीरगन्जमा चलिरहेको छ । बैठक आज सकिने छ ।

बैठकको बिचमै विज्ञप्ति जारी गरिएको हो ।