४३ औँ राष्ट्रिय मगर एकता दिवसका अवसरमा पाल्पाका सबै स्थानीय तहले आज फागुन १५ गते सार्वजनिक बिदा दिएका छन् ।

पाल्पामा मगरहरूको मात्रै ५४ प्रतिशत जनसंख्या रहेको छ ।

मगर दिवसका अवसरमा सबै पालिकाहरूले विभिन्न कार्यक्रमहरूकाे आयोजना गरेर मगर एकता दिवसलाई भव्यताका साथ मनाउन जुटेका छन् ।

कार्यक्रममा मगरहरूकाे इतिहास, चाल चलन, भेषभुषा, कला संस्कृति रहन सहन, झाक सहित विभिन्न गतिविधिहरू प्रस्तुतिको लागि मगर समुदायहरू लागेका छन् ।

पाल्पाका १० वटै स्थानीयतहदेखि वडा वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि गरेको नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडी थापाले बताइन् ।