नयाँ राजनीतिक दल खोल्ने तयारीमा जुटेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समर्थित काठमाडौं उपत्यकामा पनि जितेन बान्तावा राईको संयोजनमा श्रमदान टिम खडा गरिएको छ ।

उक्त टिमले शनिबार ललितपुरको चक्रपथको ग्वार्कोदेखि एकान्तकुना पुगेर त्यहीबाट फर्किएर तिनकुनेस्थित विश्व शान्ति विहारसम्म मोटरसाइकल र्‍याली पनि गरेको छ ।

र्‍याली गर्दा उनीहरूले हर्क साम्पाङले लगाउने टिसर्ट लगाएका थिए ।

हर्क साम्पाङका विचार र श्रम संस्कृतिले मात्र देश निर्माण हुने भन्दै उक्त टिमले अब काठमाडौं उपत्यकामा श्रमदान गर्ने भएको छ ।

जितेन बान्तावाले उपत्यकाका विभिन्न नगरपालिकाहरूसँग समन्वय गरेर तोकिएको स्थानमा श्रमदान गर्ने बताएका छन् । उनले देश निर्माणका लागि श्रमदानमा जोडिन युवाहरूलाई आग्रह पनि गरेका छन् ।

मेयर साम्पाङले हाल पूर्वका जिल्लाहरूमा आफ्नाे टिम बनाउन थालेका छन् ।

उनले २०८४ सालमा हुने संसदीय र स्थानीय निर्वाचनमा सबै निर्वाचन क्षेत्रहरूमा उम्मेदवार उठाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here