क्रिश्चियन र हेभेन्ली पाथमा लागेकाहरूलाई किराती भेषभुषा लगाउन र साकेला नाच्न निषेध

पास्टरले किरात राईहरूलाई इसाइकरण गर्ने धृष्टता गरेपछि यायोक्खाको भर्त्सनासहितको विज्ञप्ति

किरात राई यायोक्खाले ‘किरात खम्बू साम्पाङ राईहरूको हराइरहेको राजवंशको खोज’ नामक पुस्तकका लेखक तुलासी राईलाई अविलम्ब सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ ।

क्रिश्चियन धर्ममा लागेर पास्टर बनेका राईले उक्त पुस्तकमा ‘अब्राहामका सन्तान नै किरातहरू हुन्’ भन्ने लेखेका छन् ।

जसले समुदायमा भ्रम सिर्जना गरेकाे छ ।

‘अब्राहाम’लाई यहूदी, इसाई र इस्लाम धर्मका साझा पितामह मानिन्छ । जसलाई इस्लामहरूले ‘इब्राहिम’ पनि भन्ने गर्छन् ।

उक्त पुस्तक पास्टर नरहरि साम्पाङ राई, महेन्द्रजंग राई लगायतले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीलाई घरान-१७ मंगलबारेस्थित घरमा बाेलाएर हस्तान्तरण गरी तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि पुस्तक र लेखककाे व्यापक विरोध सुरु भएको थियो, पुस्तक पनि जलाइएकाे थियाे । ∗

जसमा नेता किरातीलाई पनि मुछिएकाे थियाे ।∗

वास्तवमा उक्त पुस्तक ६-७ महिनाअघि नै लोकार्पण गरी विक्री–वितरण सुरु गरिएको थियो ।∗

वास्तवमा मानवशास्त्रीहरूका अनुसार आजका सम्पूर्ण मानिसहरूको आदिम पुर्खा अफ्रिकाबाट आएका आधुनिक मानव ‘होमो सेपियन्स’ नै हुन् ।

होमो सेपियन्सहरू करिब ७० हजार वर्षअघि अफ्रिकाबाट पश्चिम एसिया हुँदै विश्वभर फैलिएको, र अलग अलग भूगोल, मौसममा लामाे कालखण्ड बिताएपश्चात आजका मानिसहरूमा शारीरिक, भाषिक र सांस्कृतिक भिन्नता र जातीय विविधता विकास भएकाे मानिन्छ ।

नेपालका किरात राईहरूले सांस्कृतिक मान्यता र मिथकहरूका अनुसार आफूहरूलाई ‘सुम्निमा-पारुहाङ’ वा ‘पारुहों’का सन्तान मान्ने गरेका छन् ।

पास्टर राईले सम्पूर्ण किरात समुदायलाई नै इसाइकरण गर्ने धृष्टता गरेको, किरात राईहरूको ३२ थर र २६ भाषा भए पनि १२ थरी मात्रैलाई ‘खम्बू’ भनेर लेखेको, र नेपालको संविधानको मर्म र भावना विपरीत धर्म परिवर्तन गराउने तथा अरूको धर्ममा खलल पार्ने काम गरेको भन्दै यायोक्खाले आइतबार घोर भर्त्सनासहितको विज्ञप्ति निकालेको छ ।

पास्टर राई खोटाङ जिल्लाको तत्कालीन फेदी गाविसमा सन् १९६१ मा जन्मिएका थिए । पूर्व ब्रिटिश आर्मी समेत रहेका उनी ललितपुर बप्तिस मण्डलीका संस्थापक पास्टर हुन् ।

किरात साम्पाङ राईसहित सम्पूर्ण किरातीहरूलाई इसाइकरण गर्न खोजेकोमा सार्वजनिक रूपमा क्षमायाचना गर्न र उक्त पुस्तक जलाएर नष्ट गरेको प्रमाण पेस गर्न पास्टर राईलाई आग्रह गरिएको छ ।

अन्यथा, यसबाट उत्पन्न परिस्थितिको जिम्मा लेखकले नै लिनुपर्ने भनिएको छ ।

पुस्तकका लेखक पास्टर तुलासी राई

क्रिश्चियन र हेभेन्ली पाथलाई किरातीहरूकाे सांस्कृतिक गतिबिधिमा निषेध !

यायोक्खाले मौलिक किरात धर्म तथा संस्कृतिबाट बिचलित भएर क्रिश्चियन बनेका र भक्तकुमार राई नेतृत्वको ‘हेभेन्ली पाथ’ धर्ममा लागेकाहरूलाई लक्षित गरी किरात राईहरूको सांस्कृतिक भेषभुषा लगाउन, ढोल-झ्याम्टा बजाउन, साकेला सिली नाच्न र यायोक्खाको झण्डा चलाउन निषेध गरेको छ ।

आफ्नाे घरको तिनचुला उखेलेर फाल्ने, संस्कारमा जाँड रक्सी नचलाउने, पितृ-प्रकृतिलाई नपुज्ने राईहरूलाई राईहरूको सांस्कृतिक भेषभुषा लगाउन, ढोल-झ्याम्टा बजाउन र साकेला सिली नाच्न निषेध गरिएको हो ।

यायोक्खाले पहिलो पटक लिखित रूपमै विज्ञप्तिमा समावेश गरेर धार्मिक रूपमा बिचलित भइसकेकाहरूलाई यस किसिमको प्रतिबन्ध लगाएको हो ।

यायोक्खा अध्यक्ष जीवन हाताचो राईका अनुसार मौलिक किरात धर्म परिवर्तन गरी क्रिश्चियन भइसकेकाहरूले, हेभेन्ली पाथवालाहरूले किरात राईहरूको मौलिक संस्कृति गरेर भ्रम फैलाउनुका सांस्कृतिक अतिक्रमण गरेकाले निषेध गरिएको हो ।

याे पनि पढ्नुहाेस्-

तिनचुला फाल्ने ‘हेभेन्ली पाथ’हरू नक्कली साकेलाथान खडा गरी नाच्न थाले

यसअघि समाचारमा, पुस्तक पास्टर नरहरि साम्पाङ राई, महेन्द्रजंग राई लगायतले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदन किरातीलाई घरान-१७ मंगलबारेस्थित घरमा बाेलाएर हस्तान्तरण गरी तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेपछि भन्ने हुनुपर्नेमा सामान्यत तरिकाले लाेकार्पण गरिएकाे भन्ने भएकाेले सच्याइएकाे छ । स.

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img