विदेशी ऋणको भारीमा सप्तकोशीको पानी धरान ल्याउँदैनौं: मेयर साम्पाङ

धरानका मेयर हर्क साम्पाङले विदेशी ऋणमार्फत धरानमा कोशीको पानी ल्याउने योजनालाई अस्वीकार गरेका छन्।

खानीपानी मन्त्री प्रदीप यादवलाई बिहीबार एक पत्रमार्फत उनले एशियाली विकास बैंक (एडिबी) को ऋणबाट सप्तकोशीको पानी धरान ल्याउने योजना भए आफूहरू त्यस्तो बजेट स्वीकार नगर्ने बताएका हुन्।

मेयर साम्पाङका अनुसार धरान उपमहानगरपालिकाले पहिलेको एडिबी ऋणसमेत अझै तिर्न बाँकी रहेको हुँदा फेरि विदेशी ऋणको बोझ थप्न हुँदैन।

खानीपानी मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा धरानका लागि ४ करोड रुपैयाँ बजेट बिनियाेजन गरेकाे छ।

विदेशी ऋणबाट याेजना बनाउने हाे भने विकल्पकाे रूपमा खोलाखोल्सीको पानी उपयोग गरेरै स्थानीयलाई पानी खुवाउने मेयर साम्पाङकाे भनाइ छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img