शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईले अहिले पहिचानको लडाइँ निकै विवेक पुर्‍याएर लड्नुपर्ने अवस्था आएको बताएका छन् ।

पार्टीनिकट समाजवादी महिला संघको ललितपुरमा भएको बैठकमा नेता राईले सो कुरा बताएका हुन् ।

उनले अहिले पहिचानवादी र पहिचानविरोधीहरुको बिचमा मात्र नभएर अहिलेसम्म प्राप्त उपलब्धिहरुलाई नै उल्टाउने शक्ति सलबलाइरहेकोले पहिचानको लडाइँ विवेक पुर्याएर गर्नुपर्ने बताए ।

उनले हिजोका जनयुद्ध, जनआन्दोलन, आदिवासी जनजाति, आन्दोलन, मधेस आन्दोलन, दलित, महिलाहरुको आन्दोलनबाट प्राप्त संविधानका अधिकारहरुलाई जोगाउनै थप अधिकारका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here