आफ्नाे कार्यकालमा केही राम्राे काम गरेर देश र जनताको ऋण तिर्ने मन छः मन्त्री राई

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले आफ्नाे कार्यकालमा केही राम्रो काम गरी देश र जनताको ऋण तिर्ने मनसाय रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयको कार्यभार सम्हालेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका मन्त्री राईले सो कुरा बताएका हुन् ।

मन्त्रालयका कर्मचारीहरुको बिचमा उनले भने, ‘यहाँहरुको सहयोग पाएपछि मैले आफ्नाे कार्यकालमा केही राम्रो काम गरेर देश र जनताको ऋण तिर्न पाए हुन्थ्यो भन्ने लागेको छ ।’

चौथो पटक मन्त्रीको रुपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालेका उनले मन्त्रालयका कर्मचारीहरुबाट सहयोग पाउने अपेक्षा रहेको बताए ।

‘मन्त्रालय सञ्चालन गर्ने सिलसिलामा यहाँहरुको सहयोग भएन मन्त्री एक्लैले गरेर केही पनि हुँदैन,’ उनले भने, ‘नेतृत्वको पनि आफ्नाे ठाउँमा महत्वपूर्ण भूमिका हुन्छ, मैले त्यो भूमिका बुझेर निर्वाह गर्ने प्रयत्न गर्नेछु ।’

सो क्रममा उनले शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा सुधार गर्न र शिक्षाको गुणस्तर अझ वृद्धि गर्न सबै मिलेर काम गर्नुपर्ने बताए ।

मन्त्री राईलाई मन्त्रालयका सचिवद्वय रामकृष्ण सुवेदी र प्रमिलादेवी बज्राचार्यसहित उच्च अधिकारी तथा कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालयमा स्वागत कार्यक्रम राखेका थिए ।

सो क्रममा सचिव सुवेदी र बज्राचार्यले मन्त्रालयले गर्दै आएको कामहरुबारे संक्षिप्तमा जानकारी गराएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्