खोटाङका चार स्थानीय तहको लेटरहेडमा किरात सिरिजङ्गा लिपि

खोटाङका दशमध्ये चार स्थानीय तहले किरात सिरिजङ्गा लिपिलाई मान्यता दिँदै लेटरहेडमा समावेश गरेका छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले लेटरहेडमा किरात सिरिजङ्गा लिपि समावेश गरेका हुन्।

सबैभन्दा पहिले जन्तेढुङ्गा गाउँपालिकाले २०७८ साउन १ गतेदेखि लेटरहेडमा किरात सिरिजङ्गा लिपिमा गाउँपालिकाको नाम लेखेर चलाउन थालेको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले हालै अर्थात २०८२ साउन १ गतेदेखि किरात सिरिजङ्गा लिपि प्रयोगमा ल्याएको छ।

साकेला गाउँपालिका, केपीलासगढी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाको नेतृत्व किरात राई समुदायकै जनप्रतिनिधिले गरिरहेको भए पनि उनीहरूले हालसम्म किरात सिरिजङ्गा लिपिलाई लेटरहेडमा समावेश गरी सम्मान गर्ने कुरामा चासो देखाएका छैनन्।

साकेला र केपीलासगढी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवै राई समुदायका हुन्। साकेलाका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राई हुन्।

केपीलासगढीका अध्यक्ष समिर राई र उपाध्यक्ष गुरुराज राई हुन्।

ऐसेलुखर्क र दिप्रुङ चुइचुम्माका अध्यक्ष पनि राई नै हुन्।

बराहपोखरी र रावाबेसी गाउँपालिकाको नेतृत्वमा भने गैरराई छन्। बराहपोखरीका अध्यक्ष शालिकराम बन्जरा र उपाध्यक्ष भुवलराज राई छन्।

रावाबेसीका अध्यक्ष फटिककुमार श्रेष्ठ र उपाध्यक्ष कौशिला गुरुङ छन्।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई भए पनि उनले लेटरहेडमा किरात सिरिजङ्गा लिपि समावेश गर्ने निर्णय गरेका छन्।

उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img