साकेला गाउँपालिकादेखि दिक्तेल बजारसम्म बस भाडा ४८० रुपैयाँ तोकिएको छ भने जिप (सुमो) को भाडा ६०० रुपैयाँ तोकिएको छ।

गत साउन २६ गते साकेला गाउँपालिका र यातायात व्यवसायीको संयुक्त बैठकले छोटो तथा लामो दुरीका यातायात भाडा निर्धारण गरेको हो।

बैठकले पालिकाबाट दिक्तेल, गाईघाट, धरान, इटहरी, विराटनगर र काठमाडौं जाने बस र जिपकाे भाडा तोकेको हाे। जस अनुसार,

बस भाडा
साकेला–दिक्तेलः ४८०
साकेला–गाईघाटः १५००
साकेला–धरान/इटहरी/विराटनगरः १८००

जिप भाडा
साकेला–दिक्तेलः ६००
साकेला–गाईघाटः १७००
साकेला–धरान/इटहरी/विराटनगरः २२००
साकेला–काठमाडौंः २५००

साकेलाभित्र जिप भाडा
साकेला–बिसौनीः १२०
साकेला–मात्तिम विर्ताः १५०
साकेला–छाँगे खोलाः २००
साकेला–डाँडाटोलः २२०
साकेला–चुम्लुङः २५०
साकेला–डिगेम्पा डाँडाः ३००
साकेला–साप्सु खोलाः ३२०

बैठकले साकेला गाउँपालिकाभित्र चल्ने गाडीले अनिवार्य रूपमा रुट पर्मिट लिनुपर्ने र यातायात व्यवसायी संघमा दर्ता हुनुपर्ने निर्णय पनि गरेको छ।