मेयर तीर्थराज भट्टराई
मेयर तीर्थराज भट्टराई।

खोटाङ जिल्लाका मिर्गौला रोगीहरूका लागि जिल्ला अस्पतालमै डायलाइसिस गराउने सुविधासहितको मेसिन उपब्ध हुने पक्का छ।

तर, ठेकेदारको लापरबाहीले जिल्ला अस्पतालको भवन निर्माण कार्य अझै पुरा नहुँदा उपलब्ध मेसिन ल्याएर मिर्गौला पीडितहरूलाई सेवा दिने काम गरिएको छैन।

दिक्तेल रुपमाकोट मझुवागढी नगरपाकिलाका प्रमुख तीर्थराज भट्टराईले शनिबार यो रहस्य खोलेका हुन्।

उनले खोटाङका मिर्गौला पीडित विनोद गजमेरको फेसबुक स्टाटस सेयर गर्दै लेखेका छन्ः

पछिल्लो समय मिर्गाैलाको समस्याबाट पीडित खाेटाङेले जिल्ला बाहिर खर्चिलो र झन्झटिलो पीडादायी अवस्था भोग्नु परेको विषय हो यो । यस विषयमा हाम्रो नपाले २ वर्ष अगाडि वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ डा. ऋषिराज काफ्लेज्यूसँग दिक्तेल जिल्ला अस्पतालमा डायलाइसिस मेसिन राख्न सहयोगको लागि मैले अनुरोध गरेको थिएँ । उहाँले मेसिन उपलव्ध गराइदिने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।

त्यसैगरी जनसंख्या तथा स्वास्थमन्त्री माननीय प्रदीप पौडेलज्यूले १२ नं. वडाध्यक्ष दानबहादुर राईज्यू र मैले केहीदिन अगाडिको भेटमा तत्काल मेसिन उपलव्ध गराउने प्रतिवद्धता जनाउनुभएको छ। तर निर्माण व्यवसायीको लापर्वाहीको कारण समयमा अस्पतालको काम सम्पन्न नहुनुको कारण हामीले जिल्ला बाहिर महंगो मूल्यमा उपचार सेवा लिनुपर्ने अवस्था छ। भौतिक पूर्वाधार पुरा नभई डायलाइसिस मेसिनलाई प्रयोगमा ल्याउन नसकिने भएको हुँदा माननीय मन्त्रीज्यू र डा. साबले मेसिन दिँदा पनि ल्याएर सेवा प्रवाह गर्न सकेका छैनौं । अतः हामी सबैले दबाब दिएर निर्माणाधीन अस्पतालको भवन सम्पन्न नगराई थप सेवा र गुणस्तरीय उपचार गराउन नसकिने अवस्था रहेको व्यहोरा जानकारी गराइन्छ । अतः यहाँले उठाउनुभएको विषयलाई हृदयबाट सम्मान गर्दै निर्माण व्यवसायीलाई नपाको तर्फबाट विगतमा पनि लिखित खबरदारी गरिरहेको र अब तत्कालै अस्पताल पुगेर त्यही खबरदारी गर्ने प्रतिवद्धता गर्दछु।

गजमेरले आफू काठमाडौं उपत्यकाका आठवटा अस्पतालमा पुग्दा प्रत्येकमा खोटाङका ५ देखि ७ जना मिर्गौला फेल भएका रोगीहरू भेटिएको भन्दै यदि डायलाइसिस गर्ने मेसिन खोटाङमै राखेको भए ती बिरामीहरूलाई ठुलो आर्थिक राहत पुग्ने कुरा बताएका थिए।

उनले खाेटाङका सम्पूर्ण जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै उक्त आग्रह गरेका थिए।

निर्माणाधीन अस्पतालकाे भवन।
निर्माणाधीन अस्पतालकाे भवन।

मंसिरसम्म बन्ला त भवन!

जिल्ला अस्पताल खोटाङको भवन ३० महिनाभित्रमा सम्पन्न गर्ने गरी २०७८ असार २४ गते श्याम सुन्दर–रामसागर–नेपाल फुलबारी जेभी काठमाडौंले ठेक्कामा लिएको थियो।

उक्त भवन निर्माण कार्य अहिलेसम्म पुरा भएको छैन।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईका अनुसार आगामी मंसिरसम्ममा भवन निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here