साेमबार थप ७ हजार ३८८ जनामा संक्रमण, ३७ जनाकाे मृत्यु

नेपालमा पछिल्लाे २४ घण्टामा थप ७ हजार ३८८ जनामा काेराेना भाइरस संक्रमण भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७ हजार ३८८ जनामा संक्रमण पुष्टि भएकाे जनाएकाे छ ।

मन्त्रालयले कोभिड-१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै याे जानकारी गराएकाे हाे । थपिएका संक्रमितसहित नेपालमा अब काेराेना भाइरस संक्रमित हुनेकाे कुल संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१८ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा २ हजार २१ संक्रमित कोरोनामुक्त भएको जनाएकाे छ ।

हाल देशभर ५४ हजार ४१ जना सक्रिय संक्रमित छन् ।

यसैगरी मन्त्रालयले पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितकाे मृत्यु भएकाे जनाएकाे छ । यो संख्या २४ घण्टामा पुष्टि भएका मृतकको अहिलेसम्मकै सबैभन्दा बढी हो । हालसम्म कोरोना संक्रमणबाट ३ हजार ३६२ जनाको मृत्यु भएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्