मुख्यगरी हरेक उभौली र उधौलीमा काठमाडौंंको टुँडिखेल मैदानमा साकेला नाच्ने कार्यक्रमकाे आयोजना गर्दै आएको किरात राई यायोक्खा काठमाडौं समितिकाे १२औं अधिवेशनबाट घोषित नयाँ कार्य समिति विवादमा परेपछि निवर्तमान अध्यक्ष अशोक राईले अधिवेशनकाे बन्दसत्रमा भएको घटनाबारे बताएका छन्।
पितृ र सुम्निमा–पारुहाङलाई साक्षी राख्दै सत्य कुरा बताउँछु भन्दै उनले फेसबुकमा लामो स्टाटस लेखे।
उनले विहीबार विहान उक्त स्टाटस लेखेका थिए। तर केही बेरमै थुप्रैले दुवै तर्फकाे कमजाेरी रहेकाे भन्दै कमेन्टहरू गरेपछि उनले टाइमलाइनबाटै हटाएका थिए।
उनले बेलुकी पुनः सम्पादन गरी साेही कन्टेन्ट फेसबुकमा राखेका छन्।
उनको सम्पादित स्टाटस यस्तो छः
पितृ पुर्खा र उनै सुम्निमा र पारुहाङलाई साची राख्दै– किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौं को १२औं जिल्ला अधिवेशन सम्बन्धी केही यथार्थ विवरण मैले मेरो आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरी निवर्तमान अध्यक्षको रूपमा म अशोक राई १२औं बन्दसत्रको सम्मानित हलले चुनेको निर्वाचन मण्डलको सहजकर्ताको रुपमा प्रत्यक्ष सहभागी थिए। मैले देखेका र भोगेका घटनाहरू युधिष्ठिर झैं सत्यतामा आधारित भएर प्रस्तुत गर्नु मेरो कर्तव्य हो ।
सहमति प्रक्रिया अनुसार नयाँ कार्यसमिति गठन
पदको आकांक्षा राख्ने सदस्यहरू बीच विगतको अभ्यासका आधारमा संवाद र सहमति भयो । यसरी सहमतिको माध्यमबाट कार्यसमिति गठन गर्ने ढाँचा तय गरियो । त्यसको भोलिपल्ट भदौ १४ गते, अधिवेशनको उद्घाटन सत्र सफलता पूर्वक सम्पन्न भयो । उक्त सत्र पश्चात किराया जिकास काठमाडौंका सल्लाहकार तथा केन्द्रिय उपाध्यक्षको अध्यक्षतामा एक निर्वाचन मण्डल गठन गरियो, निर्वाचन मण्डलले तयार पारेको आचार संहिता हलले तालि बजाइ पास गर्यो ।
उम्मेद्वारी प्रक्रिया र सहमति:
निर्वाचन मण्डलले आकांक्षीहरूसँग उम्मेद्वारी मनोनयन फाराम भरि दस्तुर बुझाउन आह्वान गर्यो । र संजालमा बधाई दिदै पोस्टगरिएको नव निर्वाचित नामावली सत,प्रतिसत सहि छ।साथै ती नामावली उम्मेदवार मनोनयन दर्ता फर्ममा हस्ताक्षर गरि तोकिएको शुल्क सहित निर्वाचन मण्डललाई बुझाएको थ्यो।र कुनैपनी पदमा दोहोरो नामावली समेत नपरेको प्रस्ट देखिएको थ्यो। कुनैपनी उम्मेदवारी मनोनयन फर्ममा बिरोध वा फिर्ता नआएकोले प्रस्तुत नामावली सर्वसम्मत रुपमा आइसकेको थ्यो तेसैले निर्वाचन मण्डल लगभग अन्त्यतिर प्रक्रिया अनुसार सफथको लागि तयारी अवस्थामा जुट्दै थिए ।
अनपेक्षित घटनाक्रम
नवनिर्वाचित कार्यसमितिको नामावली फाइनल गर्ने क्रममा १/२ जना प्रतिनिधि ज्युहरुले चाहिँ उम्मेदवारीको फर्म बुझाउन बाकी रहेकोले निर्वाचन मण्डलबाट छिटो गराइदिन आवहान गर्दै १५ मिनेट भित्र बुझाइदिनुहोला भन्ने वाक्यांश लाइनै ठुलो समस्या ठानी एकजना महिला सदस्यले (निरंकुश शैली भयो) भन्दै उठेर आपत्ति जनाउदै होहल्ला खैलावैला मच्चाउन शुरु गर्यो र तेसैक्रममा उहाले अत्ति आक्रोशीत सैलिमा यस्तोसमयको दवाब हुन्छ भने कार्यसमितिमा बस्दिन,समुदाय चाहिन्न, मर्दा किरापरेर मर्छु लगायत अमर्यादित, अपसब्दहरु ४/५ मिनेट जति बर्बराउदै अन्त्यमा उम्मेदवारीको फर्म च्याते पछि निर्वाचन मण्डलले मर्यादित भयर सभ्यतरिकाले आफ्नो कुरा राख्नु नत्र हलबाट बाहिरिन भनेका थिए ।
त्यसपश्चात, सहसचिवका उम्मेद्धार सुरज राईले क्रोधित हुँदै कुर्सीलाई लात्तिले हान्दै निर्वाचन मण्डल नजिक स्टेजमा पुगेर बाधिएको यायोक्खाको झण्डालाई लातले हानेर उखेलेर भुइमा फाल्दै च्यात्ने, र निर्वाचन मण्डल लागयत तेसै ठाउँमा आसिन सस्थको सर्बोच्च ब्याक्ती प्रमुख अतिथि प्रती लक्षित हुँदै आक्रम गर्न कोशिश गरियो । साथै यो आचारसंहिता र मर्यादा विपरित, अत्यन्त अराजक र अशोभनीय कार्य भएकाले निर्वाचन मण्डलले सुरज राईलाई निर्वाचन मण्डल बन्दसत्रको आचारसंहिता उल्लंघनगरेको हुदा कारबाही स्वोरुप उम्मेदवारी फिर्ता लिन निज, ब्याक्तीलाई सुचित गरेपस्चात त्याहा भएको प्रतिनिधि हरुलाइ जबर्जस्ती हल छोड्न उक्साउदै हलबाट बाहिरिन्दै गर्दा निर्वाचन मण्डले पटक पटक माइकिङ्ग गरि हलनछोड्न भनी बहिर बाट भित्र प्रवेश गर्न अनुरोध गर्दापनि बेवास्ता गरि वडा नगरका नयॅा केही सदस्यहरुलाई पनि जबर्जस्ती तानेर बन्द सत्र हलबिथोल्दै बाहिर निस्केर शपथ ग्रहण कार्यक्रम बहिष्कार गरे ।
संजालमार्फत लागाएको आरोपहरुः
आफुले दिएको उम्मेदवारी सम्मको सम्मान नराखी निर्वाचन मण्डलको अध्यक्षको गोजीबाट कागजको चिर्कटो पढेपछी हलछाडेको भनेर गलत प्रचरगरिएको छ जस्को प्रमाणको रुपमा आरोपिहरुले बुझाएको शुल्क सहितको उम्मेदवारी मनोनयन दर्ता कपि सुरक्षित रहेको छ।
राजनीतिः
पढादिकारी सदस्य छनौटमा एमाले, काङ्ग्रेसले राजनिती गर्यो भन्ने सन्दर्भमा विगतदेखि अभ्यासमा रहँदै आएको सिनियर रोलक्रमलाई प्राथमिकता दिँदै, यो पटक पनि रेलगाडी नै चलाउने कार्यसमितिको भदौ १३ गते बसेको बैठकबाट सर्वसम्मत रूपमा सहमति प्रक्रियामार्फत नयाँ कार्यसमिति गठन गर्ने निर्णय गरिसकेको र सोअनुरुप नै गरियो ।
दर्जनौ गुन्डागर्दीः
CCTV tv फुटेजमा भएको फोटोलाइ संजालहरुमा पोस्टगरी गुन्डागर्दी को आरोप को सन्दर्भ , दर्जनौ युवाहरुले साररिक, मानसिक यातना दिएको भन्नेकुरामा म अचम्मित छु सद्स्यहरुले के भएको भनी जिज्ञासा लिएको मात्र हो। किनभने देखिएको फोटोमा दौरा, सुरुवाल, कोट, टोपी लगाउने मान्छेमै अशोक राई हो।



