श्रमदान अभियान चलाएर चर्चित बनेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ काठमाडौं पुगेका छन्।
उनी आफ्ना सहयोगीहरूसित काठमाडौं पुगे लगत्तै प्रधानसेनापति अशोकराज सिग्देललाई भेट्न गएका छन्।
देशको नेतृत्व आफूलाई सुम्पिन युवा पुस्तालाई पटक पटक अपिल गरिरहेका मेयर साम्पाङ प्रधानसेनापति सिग्देललाई भेट्न काठमाडौं गएका हुन्।
भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राख्दै दुई दिनसम्म आन्दोलन गरेका जेनजी पुस्ताले पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अब बन्ने सरकारको नेतृत्व दिनुपर्नेमा छलफलबाट सहमति गरिसकेका छन्।
यता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि सरकारको नेतृत्व लिन तयार रहेका थिए। तर, जेनजीले बालेनलाई पनि अघि सारेनन्।




