पहिचानको बहसमा मदमस्त बराल : फोटो कथा

किरात अन्तर्राष्ट्रिय सांस्कृतिक अभियानको आयोजनामा शनिबार काठमाडौंको कोटेश्वरस्थित ग्रामर कलेजमा ‘पहिचान आन्दोलन र निर्वाचन’ विषयक सुप्तुलुङ बहस चलिरहेको थियो।

कार्यक्रममा लेखक तथा पत्रकार भवानी बराल पनि टुप्लुक्क आइपुगे।

खासमा उनलाई औपचारिक रूपमा बोलाइएको थिएन।

तर, पहिचान पक्षधर लेखकको छवि बनाएका बराललाई आयोजकहरूले सम्मानपूर्वक वक्ताहरूसँगै मञ्चमा आसन ग्रहण गराए।

बरालसँग खासखुस गर्दै अभियान्ता कैलाश राई, र दायाँ साइडमा डा. तारामणि राई।

सुप्तुलुङ (तिनचुला)मा आगो बालेर उद्घाटन गरिएको कार्यक्रममा चिन्डोभित्र कोदोको रक्सी राखेर सबै सहभागीलाई पालैपालो सत्कारका रूपमा पिउन दिइँदै थियो।

भवानी बराललाई चिन्डाेकाे रक्सी दोहोर्‍याएर पिउन दिँदै।

‘मदिरा साधक’ मानिने बराललाई भने दोहोर्‍याउँदै चिन्डोको रक्सी पिउन दिइयो।

स्मरण रहाेस्, २०७४ जेठ ४ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा बराललाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरिएको थियो।

तर, दुई महिनामै सर्वोच्च अदालतको अन्तरिम आदेशले उनलाई काम गर्न रोकेको थियो।

प्रेस काउन्सिल नेपालका पत्रकार र सञ्चारमाध्यमका लागि आचारसंहिता निर्माण गर्ने, समाचारबारेका उजुरीको छानबिन गर्ने र पत्रकारिता विकासका लागि नीतिगत सिफारिस गर्ने एक स्वशासित सरकारी संस्था हो।

कार्यक्रममा पूर्वमन्त्री गोपाल किराती, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, पूर्वमहासचिव राजबहादुर राई, त्रिवि उपप्राध्यापक डा. तारामणि राई, अभियन्ता कैलाश राई, अध्येता शालिक राई र जेनजी नेपालका १ नम्बर प्रदेश संयोजक उपार्जुन चाम्लिङले आ-आफ्ना धारणा राखे।

भद्रगोल किरातीले सहजीकरण गरिरहेको कार्यक्रमको अन्त्यमा चिन्डोको सगुनले मदमस्त बनेका बराललाई पनि बाेल्न दिइयाे।

त्यसक्रममा उनले सुरुमै भने, “म वास्तवमा आज सुन्न मात्रै आएको थिएँ। म आफू पहिचान र आन्दोलनका विषयमा लेखिरहने भएकाले सुन्न मात्रै आएको थिएँ।”

सम्पादकीय टिप्पणीः यो सामग्री व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको हो। फोटोकाे गलत अर्थ लाग्न सक्ने सम्भावना भए पनि यसले कसैको चरित्र हत्या गर्न खोजिएको होइन।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img