यायोक्खा विवाद सिडिओ कार्यालयसम्म, पुनः निर्वाचनकाे माग

किरात राई यायोक्खा काठमाडौं जिल्ला समितिको अधिवेशनसम्बन्धी विवाद स्थानीय प्रशासनसम्म पुगेको छ।

असन्तुष्ट पक्षले सोमबार विधान विपरीत निर्वाचन गरिएकाे भन्दै पुनः निर्वाचन गराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएको छ।

अधिवेशन गत भदौ १४ गते सुकेधारामा सम्पन्न भएको थियो। जसबाट जीवनकुमार राईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो।

त्यही बेला निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै केही सदस्यहरूले विज्ञप्ति जारी गरेका थिए।

यायोक्खाका केन्द्रीय उपाध्यक्ष देवान राईले विधान र प्रक्रिया विपरीत नयाँ कार्यसमितिको नामावली घोषणा गरेको भन्दै तेज राई, सुरज राई, मनकुमारी राईलगायत ११ जनाले बिमति व्यक्त गरेका थिए।

उक्त विवाद प्रमुख जिल्ला अधिकारीसम्म पुगेपछि अब दुवै पक्षलाई बोलाई कानुन र विधान अनुसार अघि बढाउने तयारी भइरहेको छ।

विवाद समाधानका लागि यायोक्खा नेतृत्वसँग तीन पटकसम्म छलफल भए पनि सहमति जुट्न सकेको छैन।

पहिलेकाे याे समाचार पढ्नुहाेस्ः

यायाेक्खा काठमाडाैंकाे अधिवेशन विवादमा, पुनः बन्दसत्र गर्न माग

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img