क्रमशः अध्यक्ष हर्कराज राई, उपाध्यक्ष राजकुमार तामाङ, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ।
क्रमशः अध्यक्ष हर्कराज राई, उपाध्यक्ष राजकुमार तामाङ, महासचिव आरेन राई, कोषाध्यक्ष समिता राई र प्रवक्ता अरुण गुरुङ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’मा पाँच पदाधिकारीसहित २३ जना केन्द्रीय नेता तोकिएका छन्।

पार्टीका अध्यक्ष, महासचिव र कोषाध्यक्ष राई समुदायका छन् भने उपाध्यक्ष र प्रवक्ता क्रमशः तामाङ र गुरुङ समुदायका छन्।

प्राप्त डकुमेन्ट अनुसार २३ केन्द्रीय नेतामध्ये खस–आर्य समुदायका तीन जना छन्, भने दलित र मधेसी शून्य छन्।

साम्पाङलाई लगातार सहयोग गर्दै आएका मिना सिङ्गक र दत्त लिम्बुको नाम भने केन्द्रीय समितिमा छैन।

यस्तो छ पदाधिकारीसहितको केन्द्रीय समिति–

१. अध्यक्ष– हर्कराज राई (हर्क साम्पाङ)
२. उपाध्यक्ष– राजकुमार तामाङ (देवराज लामा)
३. महासचिव– आरेन राई
४. कोषाध्यक्ष– समिता राई
५. प्रवक्ता– अरुण गुरुङ
६. केन्द्रीय सदस्य– पञ्चलाल तामाङ
७. केन्द्रीय सदस्य– आशा लामा
८. केन्द्रीय सदस्य– लक्ष्मी राई
९. केन्द्रीय सदस्य– समिर तामाङ
१०. केन्द्रीय सदस्य– मेघराज दुलाल
११. केन्द्रीय सदस्य– गायत्री आले
१२. केन्द्रीय सदस्य– पुष्पा राई
१३. केन्द्रीय सदस्य– धनबहादुर श्रेष्ठ
१४. केन्द्रीय सदस्य– धनकुमार राई
१५. केन्द्रीय सदस्य– गोपाल बहादुर खड्का
१६. केन्द्रीय सदस्य– लोकनाथ चुडाल
१७. केन्द्रीय सदस्य– सुनिता राई
१८. केन्द्रीय सदस्य– चन्द्रकला यासा
१९. केन्द्रीय सदस्य– मिश्रा राई
२०. केन्द्रीय सदस्य– दिपेन्द्र डंगोल
२२. केन्द्रीय सदस्य– सुन्दर लामा
२२. केन्द्रीय सदस्य– अन्जली राई
२३. केन्द्रीय सदस्य– सुवास घिसिङ।

पार्टीका उपाध्यक्ष राजकुमार तामाङका अनुसार, पार्टी दर्ता प्रक्रियाका लागि मात्रै २३ जनाको नामावली बुझाइएको हो।

उनका अनुसार श्रम संस्कृति पार्टीले सातै प्रदेशमा एक–एक जना उपाध्यक्षसहित आवश्यक पदाधिकारी राखेर करिब २ सय सदस्यीय केन्द्रीय समिति निर्माण गर्नेछ।

उनका अनुसार सात उपाध्यक्षहरूमा खस–आर्य, आदिवासी जनजाति, दलित, मधेसी, थारुजस्ता क्लस्टर समायोजन गरिनेछ।

दलकाे प्रमाणपत्र देखाउँदै अध्यक्ष साम्पाङ।
दलकाे प्रमाणपत्र देखाउँदै अध्यक्ष साम्पाङ।

निर्वाचन आयोगले गत कात्तिक १६ गते श्रम संस्कृति पार्टीलाई दलको प्रमाणपत्र दिएको थियो।