सालपा विकास बैंकले पुस १६ देखि आईपीओ खुलाउँदै

खोटाङमा केन्द्रीय कार्यालय रहेको सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।

बैंकले आगामी पुस १६ गतेदेखि आम लगानीकर्तालाई लक्षित गर्दै १४ लाख ३९ हजार १ सय ७९ कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो।

यस आईपीओमा लगानीकर्ताले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्।

आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पाएको छ।

बैंकले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन गरी बाँडफाँड सम्पन्न गरिसकेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट बैंकले मङ्सिर ८ गते आईपीओ निष्कासनको अनुमति पाएको हो।

बोर्डबाट प्राप्त अनुमति अनुसार बैंकले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८ सय ८० कित्ता शेयर निष्कासन गर्न पाउनेछ।

बैंकले यसका लागि गत वैशाख २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो।

खोटाङ जिल्लालाई नै कार्यक्षेत्र बनाउँदै सञ्चालनमा रहेको सालपा विकास बैंकले आईपीओ निष्कासनसँगै स्थानीय स्तरमा पूँजी विस्तार र वित्तीय पहुँच अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img