पूर्वएसएसपी राई श्रम संस्कृति पार्टीमा

हाल अमेरिकामा बसोबास गरिरहेका पूर्व एसएसपी तथा कानुन व्यवसायी किवाङ हाङ राई श्रम संस्कृति पार्टीमा आबद्ध भएका छन्।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू उक्त पार्टीमा लागेको जानकारी गराएका हुन्।

उनले भनेका छन्, “मैले श्रम संस्कृति पार्टीको पक्षमा केही समयदेखि बोल्दै आएको छु। अब पूर्ण रूपमा यस पार्टीलाई आत्मसात् गरी यसका नीति, सिद्धान्त र कार्यक्रमहरू परिमार्जन गर्दै जाने विचारसहित यो घोषणा गरेको हुँ।”

तर, आफू पार्टीमा लागेको कुरा अध्यक्ष हर्क साम्पाङले कहिले थाहा पाउने हुन् भन्नेमा उनले कौतुहलता (चिन्ता) समेत व्यक्त गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र हाम्रो युट्युब च्यानल पनि सब्स्क्राइब गर्न नबिर्सनुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img