सुदन किरातीलाई सुनसरी–१ बाट उठाउन सिफारिस

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा पूर्वमन्त्री सुदन किरातीलाई उनको पार्टीले सुनसरी–१ र भोजपुरबाट प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ।

सुनसरी–१ बाट किरातीलाई मात्रै सिफारिस गरिएको छ।

भोजपुरबाट भने किरातीसँगै हेमन्त राईलाई उम्मेदवार बनाउनुपर्ने गरी सिफारिस गरिएको छ।

नेपका माओवादीबाट जनार्दन शर्मासहित अलग भएका किरातीले केही महिनादेखि नै सुनसरी–१ लाई निर्वाचन क्षेत्र बनाएर गतिविधि बढाउँदै आएका थिए।

तर उनले अहिलेसम्म आफू लड्ने स्थान तोकेका छैनन्।

सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ पनि उठ्ने चर्चा छ। सोही क्षेत्रमा रास्वपाकी शरिन तामाङले आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छन्।

साल्पा अनलाइनका फेसबुक रिलहरू हेर्नुहाेस्ः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img