श्रम संस्कृति पार्टीका नेता जीतेन बान्तावाले सामाजिक सञ्जालमा भिआर दुलाल नामको आईडीलाई खोजी–खोजी अनफलो गर्न आग्रह गरेका छन्।

दुलाल अब श्रम संस्कृति पार्टीको समर्थक नरहेको भन्दै उनलाई अनफलो गर्न आग्रह गरिएको हो।

बान्तावाले फेसबुकमा लेखेका छन्, ‘भिआर दुलाल नाम गरेको आईडीलाई सबैले खोजी–खोजी अनफलो गर्न अनुरोध गर्दछु। त्यो नाम र व्यक्ति अब श्रम संस्कृतिको समर्थक नरहेको जानकारी गराउँदछु।’

दुलालले हाल हर्क साम्पाङ नेता नभई अभियन्ता मात्रै भएको कुरा फेसबुकमा लेखेका छन्।

हर्क साम्पाङले अहिले अनेक राजनीतिक प्रोपोगान्डा गरिरहेको र विधि–विधान विपरीत आवेगमा चलिरहेको उल्लेख गरेका छन्।

दुलालले केही महिनादेखि हर्क साम्पाङ र श्रमदानको पक्षमा सामाजिक सञ्जालमा कन्टेन्ट बनाउने काम गर्दै आएका थिए।
तर उनले केही दिनदेखि साम्पाङको विरोध गर्न थालेका हुन्।