यलम्बर स्मृति पुरस्कारसहित हर्क साम्पाङलाई सम्मान गरिँदै

किरात राई यायोक्खाले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई ‘यलम्बर स्मृति पुरस्कार’सहित सम्मान गर्ने भएको छ।

यलम्बर संवत् ५०८६ को अवसरमा बिहीबार (१५ जनवरी २०२६) काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा एक समारोहको आयोजना गरी धरान उपमहानगरपालिकाका मेयरसमेत रहेका साम्पाङलाई उक्त पुरस्कारबाट सम्मान गरिने यायोक्खाका महासचिव भीम राईले बताए।

यसअघि उक्त सम्मान लगातार पाँच कार्यकालसम्म सिक्किमका मुख्यमन्त्री बन्न सफल पवन चाम्लिङलाई प्रदान गरिएको थियो।

किराती समुदायको भाषा, लिपि, संस्कृतिकाे विकासमा याेगदान पुर्‍याएबापत चाम्लिङलाई उक्त पुरस्कार सहित सम्मान गरिएकाे थियाे।

पुरस्कारको राशि २ लाख २२ हजार २२२ रुपैयाँ रहेको छ।

मेयरमा निर्वाचित हुनासाथ साम्पाङले आफ्नाे कार्यकक्षको भित्तामा झुन्ड्याइएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर प्रथम किरात राजा यलम्बरको तस्बिर राखेका थिए।

उनको उक्त कदमको त्यसबेला पहिचानविरोधी समूहहरूले विरोध समेत गरेका थिए।

उनले धरान उपमहानगरपालिका-२०, चिन्डेडाँडामा विश्वकै ठूलाे सुम्निमा-पारुहाङकाे प्रतिमा निर्माण गरी साे क्षेत्रलाई पर्यटकीय क्षेत्रकाे रूपमा विकास गर्ने याेजना पनि अघि बढाएका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img