ग्याल्पो लोसारले आपसी सद्भाव र एकता अझ बलियो बनोस् : अध्यक्ष राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईले शेर्पा समुदाय तथा हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरूले मनाउने ग्याल्पो लोसारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

अध्यक्ष राईले आज शुभकामना सन्देश जारी गर्दै २०८२ साल फागुन ६ गते (फेब्रुअरी १८, २०२६) का दिन परेकाे ग्याल्पो लोसारको अवसरमा देश–विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

उनले ग्याल्पो लोसारले नयाँ आशा, उमंग र उल्लास बोकेर समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना अझ सबल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएको बेला अध्यक्ष राईले ‘सबैको पहिचान, सबैको सम्मान’ भन्ने अभियानलाई सार्थक बनाउन पनि ग्याल्पो लोसारले प्रेरणा दिने कामना गरेका छन्।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img