कोरोना महामारीका कारण उभौलीमा विधिमात्र पूरा गरिने

कोरोनाभाइरस महामारीको दोस्रो लहरले गर्दा यसवर्ष पनि किरात समुदायको प्रमुख चाड उभौली प्रभावित हुने भएको छ ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि त्रासदीपूर्ण कोरोना महामारी चलिरहेका कारण हाल नेपालका ७७ मध्ये ७४ जिल्लामा लकडाउन तथा निषेधाज्ञा लागू गरिएको छ ।

गतवर्ष जस्तै यसवर्ष पनि किरात राईहरुको प्रमुख चाड साकेला उभौली चाडमा सामान्य विधि मात्र पूरा गरिने छ । गत वर्षको उभौली र उधौली दुवैमा औपचारिकता मात्र पुर्याइएको थियो ।

किरात राई यायोक्खाका महासचिव जनक राईले यस पटकको उभौलीमा पनि किरात साकेला थानमा दुई चार जना गएर किराती विधिअनुसार पुजामात्र गरिने जानकारी दिए ।

यायोक्खाका अध्यक्ष दिवस राईले गत जेठ २ गते एक प्रेस विज्ञप्ति निकाली यसवर्ष घरघरमै बसेर चाड मनाउने बताएका छन् ।

नेपालका किरातहरुले हरेक वैशाखे पूर्णिमादेखि करिब एक महिनासम्म उभौली र मंसिरे पूर्णिदेखि एक महिनासम्म उधौली चाड मनाउने गरेका छन् । यसवर्ष यही जेठ १२ गते उभौलीको पहिलो दिन परेको छ ।

उभौली र उधौली किरात राईहरुका साथै लिम्बु, सुनुवार, याक्खा, थामी, जिरेललगायत आफूलाई किरात बताउने समुदायले मनाउने चाड हो । तर, समुदाय अनुसार यसलाई भिन्न भिन्न नामले सम्बोधन गरी मनाउने चलन छ ।

यस वर्ष किरात राईहरुका साथै अरु समुदायले पनि लकडाउनका कारण औपचारिकता मात्र पुरा गर्नेछन् ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाको पालना गर्दै किराती समुदायले घरमै सामान्य विधि पुरा गरेर यो चाड मनाउने छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्