चीनले अनुदान दिएको अक्सिजन सिलिण्डर वन मन्त्रीकाे तस्बिर टाँसेर वितरण

नेकपा एमालेका नेता तथा वन तथा वातावरण मन्त्री प्रेम आले मगरले गृहजिल्ला डोटीमा चीन सरकारले अनुदानमा दिएकाे अक्सिजन सिलिण्डरमा आफ्नाे तस्बिरसहितकाे स्टिकर टाँसेर वितरण गरेका छन् ।

साेमबार काठमाडाैंदेखि हेलिकोप्टर चढेर डोटी पुगेका मन्त्री आलेले जिल्ला अस्पताल डोटी, जिल्लाका ९ वटा स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पत्रकार र शिक्षकका लागि भन्दै अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।

उनले जिल्ला अस्पताल डोटीलाई ३० वटा अक्सिजन सिलिण्डर, १० लिटर सेनिटाइजर, १२ वटा एचडियु बेड, ३० हजार सर्जीकल मास्क र एन्टिजेन किट वितरण गरेका छन् ।

९ वटा स्थानीय तहलाई पाँच पाँच वटा अक्सिजन सिलिण्डर, दुई दुई वटा  एचडियु बेड र पाँच पाँच हजार सर्जिकल मास्क र जिल्लाका विभिन्न वडालाई एक हजारका दरले ६५ हजार मास्क वितरण गरेका छन् ।

मन्त्री आले सबै सामग्री आफैले लगानी गरी खरिद गरेकाे दाबी गरेका छन् । यसका लागि उनले ६० लाख भन्दा बढी पैसा खर्च गरेकाे दाबी गरेका छन् ।

तर सामाजिक सञ्जालमा भने उनकाे विराेध भइरहेकाे छ । गत वैशाख २१ गते चीन सरकारले नेपालमा निलाे रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्