कांग्रेस नेता खतिवडाद्वारा दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग

पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जिल्ला (ओखलढुंगा) का दुई अस्पताललाई १५ सिलिण्डर अक्सिजन सहयोग प्रदान गरेका छन् ।

उनले रुम्जाटार अस्पताललाई १० सिलिण्डर र रानीवन अस्पताललाई पाँच सिलिण्डर अक्सिजन प्रदान गरेका हुन् ।

त्यस्तै नेता खतिवडाले डा कल्याण शर्मा र पवन श्रेष्ठको सहयोगमा खिजिदेम्बा गाउँपालिकालाई एउटा अक्सिजन कन्सन्ट्रेर उपलब्ध गराएका छन् ।

उनले कोरोना भाइरसको बढ्दो सङ्क्रमणबीच जिल्लालाई गरिएको उक्त सहयोगले सङ्क्रमण रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसअघि जिल्लास्थित नेपाली सेनालाई उनले १३८ पिपिइ सेट र १० शव व्यवस्थापन गर्ने झोला तथा नेपाली प्रहरी र स्थानीय तहलाई मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य तथा सुरक्षा सामग्री वितरण गरेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्