ओखलढुंगाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग

नेम्बाङ कस्मेटिक एण्ड कम्युनिकेशन सेन्टरका सञ्चालकद्वय नेत्रबहादुर नेम्बाङ (नरेश) र दिलशोभा नेम्बाङले ओखलढुंगाका पत्रकारलाई ७० हजार बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् ।

उनीहरुले फ्रन्टलाइनमा जोखिम मोलेर जिल्लामा काम गरिरहेका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखामार्फत उक्त सामग्री सहयोग गरेका हुन् ।

नेम्बाङ दम्पतीले हस्तान्तरण गरेको एन९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर, पीपीई सेट, फेस सिल्ड लगायत छन् ।

त्यस्तै, महिला पत्रकारहरुलाई सेनिटेरी प्याड समेत महासंघ शाखाले एक कार्यक्रमकाबीच जिल्लास्थित पत्रकारहरुलाई वितरण गरेको शाखाका अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए ।

सो कार्यक्रममा नेम्बाङ देम्पतिसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली, प्रदेश सदस्य लीलाबहादुर सुनुवार, उपाध्यक्ष रविन श्रेष्ठ, कोषाध्यक्ष कुलबहादुर तामाङ, सह सचिव मीनाकुमारी श्रेष्ठ, सदस्य सारदा राईलगायत उपस्थित थिए ।

जिल्लामा सञ्चालित मिडिया हाउस र क्रियाशील पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले जोखिममा रहेका पत्रकारलाई ठूलो दिलले सहयोग गरेकोमा नेम्बाङ दम्पतिलाई धन्यवाद दिए ।

सो अवसरमा व्यवसायी नेत्रबहादुर नेम्बाङले पत्रकारहरु कोरोनाको महामारीको बेला जोखिममा जाँदै गर्दा आत्मबल दर्बिल बनाएर जान सक्ने अवस्था होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

‘अहिले बजारमा १ सेट पीपीईकै १८ हजार बढी मूल्य छ, जति खोज्दा पनि पाउन मुश्किल छ,’ नेम्बाङले भने, ‘हामीले केही बचत गरेर सहयोग गर्ने मौका पाएका छौँ ।’

उनले कोरोनाका कारण जनजीवन जटिल बनिरहेकाले पत्रकारहरुले सरोकारवाला निकायहरुलाई सचेत बनाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।

महासंघका जिल्ला शाखा अध्यक्ष लाक्पा जी. शेर्पाले कोरोना संक्रमणको महामारीका बेला पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई चिन्तन मनन गरी सहयोग गरेकोमा आभार प्रकट गरे ।

नेम्बाङ व्यावसायका क्षेत्रमा मात्रै नभई राजनीति र सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् ।

उनी नेपाल आदिवासी जनजाति महासंघ ओखलढुंगाका अध्यक्ष, जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका पूर्व कार्यवाहक अध्यक्ष तथा जनता समाजवादी पार्टी ओखलढुंगाका नेता हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्