पैसा नहुँदा उपचार नपाएका भलमान राईलाई सहयोग गर्न अपिल

भोजपुरस्थित भोजपुर नगरपालिका वडा नं १० भैसीपङ्खाका ४७ वर्षीय भलमान राईको उपचारमा आर्थिक सहयोग गर्न अपिल गरिएको छ ।

ब्रेनट्युमरलगायत विभिन्न रोगबाट ग्रसित राईको आर्थिक अवस्था कमजोर भएकोले सहयोगको अपिल गरिएको हो ।

राईलाई उपचारमा सहयोग जुटाउन बलिराज खम्बुको संयोजकत्वमा ६ सदस्यीय ‘भलमान राई उपचार सहयोग समिति’ गठन गरिएको छ ।

संयोजक खम्बुले भलमान राईकी छोरी विपना राईको अनुरोधपछि समिति गठन गरिएको बताए । पैसा नहुँदा बुबाको उपचार गर्न नसकेको भन्दै छोरी विपनाले सहयोगका लागि हात फैलाएकी हुन् ।

सहयोग समितिमा इन्द्र चाम्लिङ, प्रकाश दुमी राई, अमित चाम्लिङ, सुमन वाङ्देल र राजेश चाम्लिङ सदस्य छन् ।

समिति गठन गरेपछि संयोजक खम्बुले फेसबुकमा सूचना लेख्दै सहयोगको अपिल गरेका छन् ।

उनले कोरोना महामारीका कारण तत्काल छुट्टै बैंक खाता खोलेर सहयोग अभियान चलाउन नसकिने परिस्थिति रहेको भन्दै सिटिजन्स इन्टरनेसनल बैंकको चावहिल शाखास्थित बलिराज राईको नाममा रहेको खाता नं ०५४०१००००००७७०४१ मा रकम जम्मा गरिदिन सहयोग गर्न चाहनेहरुका लागि अनुरोध गरेका छन् ।

उनले आफ्नो फोन नं ९८४१९८४८०१ र विपना राईको ९८००९५७९२१ नम्बरमा सम्पर्क गरी थप जानकारी लिन सकिने बताए ।

यायोक्खाद्वारा ५० हजार सहयोग

भलमान राईलाई किरात राई यायोक्खाले समेत गत जेठ १३ गते ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

यायोक्खाका अध्यक्ष दिवस राई र महासचिव जनक राईले काठमाडौंको कीर्तिपुर अस्पताल परिसरमै पुगेर छोरी विपनालाई उक्त रकम हस्तान्तरण गरेका थिए भने चिकित्सकहरुसँग भेटेर भलमानकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

सहयोग रकम हस्तान्तरण गर्दै यायोक्खा अध्यक्ष दिवस राई र महासचिव जनक राई

उक्त रकम यायोक्खाका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु लगायत २३ जनाबाट संकलन गरिएको थियो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्