बेलायतमा भीसी तुलबहादुर पुनकाे नाममा रेल्वे सञ्चालन

बेलायतमा भिक्टोरिया क्रस विजेता गोर्खा सैनिक तुलबहादुर पुनको नाममा बुधबारदेखि रेल्वे शुभारम्भ गरिएको छ ।

ग्रेट वेस्टर्न रेल्वेले बुधबार बिहान आयोजना गरेको नामाकरण समारोहमा पुनका छोरा अर्जुन पुन र छोरी मेघकुमारी पुनले रेल सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा अभिनेत्री जोअना लुम्लेले आफू ६ वर्षको हुँदा पुनको फोटो देखेको बताउँदै भेट भने आफ्नो पिता बितेको ९ वर्षपछि मात्र भएको बताइन् ।

भेटमा पुनले आफूलाई पिताको बारेमा सोधेको र उनी बितेको बताएपछि ‘अबदेखि तिमी मेरी छोरी भयौ’ भनेको स्मरण गरिन् ।

गोर्खा न्यायिक अभियानमा तुलबहादुर पुनको नाम इतिहासमा अंकित भइसकेको बताउँदै उनले रेलवेको नाम पुनको नाममा गरिँदा पुनलाई दिनदिन सम्झिइने विश्वास व्यक्त गरिन् ।

गोरखा ब्रिगेड एसोसिएसनका अध्यक्ष डेभिड बिलले गोर्खाहरुसित काम गर्दा खुसी लागेको बताए । उनले पुनको नाममा रेलवे सेवा सन्चालन गर्ने निर्णय गरेकोमा ग्रेट वेस्टर्न रेल्वेलाई धन्यवाद दिए ।

ग्रेट वेस्टर्न रेलवे सेवाकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेलवेले समुदायको पहिचान, स्वामीत्व र सहयोगका लागि लामो समयदेखि रेलवेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताइन् ।

दोस्रो विश्वयुद्ध समाप्तिको ७५ वर्षको अवसरमा गत वर्ष नै यो कार्यक्रम गर्न खोजिएको भए पनि कोभिड १९ महामारीका एकवर्ष पछि सार्नुपरेको बताइन् ।

सो अवसरमा गोर्खा म्यूजिमका निर्देशक डा ड्यारेन बोयरले पुनका बारेमा लन्डन गजेटमा छापिएको व्यहोरा वाचन गरेका थिए । पुनको परिवारका तर्फबाट गोर्खा ब्रिगेड एसोसिएसनका सचिव मणि राईले ग्रेट वेस्टर्न रेलवेलाई धन्यवाद दिए ।

कार्यक्रममा पूर्व गोर्खाहरुको पनि उपस्थिति थियो । gurkhamedia.com बाट

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्