राससका महाप्रबन्धक राईको पदबहाली

राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईले रासस केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् ।

मन्त्रिपरिषद्को यही असार ७ गतेको बैठकले उनलाई महाप्रबन्धकमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो ।

सूचना तथा सञ्चारप्रविधि मन्त्रालयमा नियुक्तिपत्र बुझेपछि राईले आज पदबहाली गरेका हुन् ।

भद्रकालीस्थित रासस कार्यालयमा राईलाई संस्थाका अध्यक्ष श्यामल अधिकारीले बधाई दिए भने उपस्थित विभागीय प्रमुख, पत्रकार तथा कर्मचारीले स्वागत गरे ।

सो अवसरमा महाप्रबन्धक राईले राससको समाचार सेवालाई गुणस्तरीय, प्रभावकारी र छिटोछरितो बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यरत समाचारदाता तथा पत्रकारलाई स्रोत साधनसम्पन्न बनाएर खुशी तुल्याउन नसकेसम्म गुणस्तरमा सुधार नहुने बताए ।

धनकुटाको शहीदभूमि गाउँपालिका–३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने ‘न्यूज टाइम्स’साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गरेका थिए ।

राईले केन्द्रबाट निस्कने ‘नेपाल समाचारपत्र’ राष्ट्रिय दैनिक हुँदै ‘नागरिक दैनिक’मा काम गरिसकेका छन् ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्