पूर्वसचिव राई लाेकसेवा आयोगकाे सदस्यमा नियुक्त

सरकारले राई समुदायका अगुवा व्यक्ति वीरबहादुर राईलाई लाेकसेवा आयोगकाे सदस्यमा नियुक्त गरेकाे छ ।

प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायहरुकाे पदाधिकारी तथा सदस्यहरुकाे नियुक्ति गर्ने क्रममा नेपाल सरकारका पूर्वसचिव समेत रहेका राई लाेकसेवा आयोगकाे सदस्यमा नियुक्त भएका हुन् ।

सरकारले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे आयुक्तमा डा. हरि पाैडेल र डा. सुमित्रा श्रेष्ठलाई नियुक्त गरेकाे छ ।

सरकार नियुक्त गरेका विभिन्न संवैधानिक अंगहरुका पदाधिकारी तथा सदस्यहरुः

अख्तियार दुरूपयाेग अनुसन्धान आयोग
डा.हरि पाैडेल, आयुक्त
डा.सुमित्रा श्रेष्ठ (व्यान्जू), आयुक्त

लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य

निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य

राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य

राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य

आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य

मधेसी आयोग
आभाकुमारी, सदस्य

थारु आयोग
उमाशङ्कर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य

मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्