किरात राई कर्मचारी मञ्चले असार २३ गतेदेखि लोकसेवा तयारी कक्षा चलाउने

किरात राई कर्मचारी मञ्चले यही असार २३ गतेदेखि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

मञ्चले लोकसेवा आयोगले लिने शाखा अधिकृत, नायब सुब्बा र खरिदार पदको परीक्षा अन्तर्गत आईक्यूको तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।

तयारी कक्षा किरात राई यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वरस्थित सुम्निमा हलमा विहान ७ देखि ९ बजेसम्म २० दिनसम्म सञ्चालन हुनेछ ।

मञ्चले यसअघि गत वैशाख ११ गतेदेखि लोकसेवाको तयारी कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो ।

तर नेपालमा दोस्रो लहरको कोरोना महामारी फैलिएपछि सो रोकिएको थियो । हाल उक्त तयारी कक्षा असार २३ गतेदेखि २० दिनसम्म चलाउन लागिएको हो ।

 

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. लाेक सेवा तयारी कक्षामा सहभागी हुनकाे लागि इच्छुक भएकाे

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्