किरात राई यायोक्खा उदयपुर जिल्ला अध्यक्षकाे निधन

किरात राई यायोक्खा उदयपुर जिल्लाका अध्यक्ष बलधन राईकाे आज बिहान निधन भएको छ ।

चौदण्डीगढी नगरपालिका वडा नं ६ समावेशीलाइन निवासी ४७ वर्षीय राईको टाइफाइडका उपचारकाे क्रममा निधन भएकाे हाे ।

केही दिनदेखि ज्वरो आउन थालेका उनलाई आजै मात्र धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे । उनकाे हिजो कोरोना परीक्षण गरिएकाे थियाे । तर, उनकाे रिपोर्ट नेगेटिभ आएको थियाे ।

नेपाल आदिवासी जनजाति महासंघ उदयपुर जिल्लाका उपाध्यक्ष समेत रहेका उनका श्रीमती एक छोरा र दुई छोरी छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्