लोहोरुङ राई भाषाकाे पाठ्यपुस्तक तयार

संखुवासभाको तीन स्थानीय तहमा लागू गरिने

संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ निर्माण गरिएको छ ।

लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विद्यालयहरुमा लागू गरिनेछ ।

लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहमा मात्र रहेको छ ।

लोहोरुङ राई समाजले स्थानीय तहहरुसँग समन्वय गरी सरकारी विद्यालयहरुमा लोहोरुङ भाषाको पाठ्यपुस्तक लागू गर्नेछ ।

पुस्तकका लेखक दिवस लोहोरुङ राईले स्थानीय तहहरुसँग समन्वय गरेर विद्यालयहरु छनोट गरी लोहोरुङ भाषाको पढाइ सुरु गरिने बताए ।

स्थानीय तहहरुको आर्थिक सहयोगमा लोहोरुङ राई समाजले तयार पारेको यो पाठ्यपुस्तक मातृभाषा विषयको रुपमा तयार पारिएको हो ।

पाठ्यपुस्तक तयार पार्नका लागि लोहोरुङ राई समाजलाई प्रा.डा. तारामणि राईले प्राज्ञिक सहयोग गरेका थिए ।

२८ वटा भाषिक राईहरुमध्ये लोहोरुङ राई कम जनसंख्या रहेको राईभित्र पर्दछन् ।

२०६८ सालको जनगणना अनुसार नेपालमा लोहोरुङ भाषाको वक्ता ३ हजार ७१७ छ । लोहोरुङ राई भाषाको वक्ता भन्दा लोहोरुङ राईहरुको जनसंख्या कम देखिएको छ ।

गैरलोहोरुङहरुले समेत लोहोरुङ भाषा बोल्नाले वक्ताको संख्या बढी भएको अनुमान गरिएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्