खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध भरुवा बन्दुक लुकाएर राखेकाे अभियोगमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका दिलसेर राई र खड्गसिंह राईलाई पक्राउ गरेको हो ।

दिलसेरले गोठमा र खड्गसिंहले घरमा अवैध भरुवा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले शनिबार दुई जनालाई पक्राउ गरेकाे हाे ।

खानतलासी गर्दा उनीहरुको घर तथा गोठबाट एक/एक नाल भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सागर शाहले बताए ।

पक्राउ परेका राईद्वयलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Please enter your comment!
Please enter your name here