जिमी (राई) उत्थान समाज, स्थानीय समिति, सोलुखुम्बुको प्रमुख आयोजना तथा किरात बायुङ राई सुम्निखिम र थुलुङ राई संस्कृति प्रतिष्ठानको आयोजनामा असाेज २१ गते साेलुखुम्बुकाे सल्लेरीमा ‘१२औं राष्ट्रिय जनगणना विषयक गोष्ठी’ सम्पन्न भएकाे छ ।

गोष्ठीमा किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, उपाध्यक्ष जीवन हाताचो राई, किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राई, भाषाशास्त्री एवम् त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक डा. तारामणि राई, मुन्दुम तथा संस्कृति अध्येता भोगीराज चाम्लिङ, वरिष्ठ सञ्चारकर्मी एवम् वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईलगायतका अतिथिहरुले महत्वपूर्ण र गहन कार्यपत्र तथा मन्तव्य व्यक्त गरेका थिए ।

१६४ जनाभन्दा बढीको सहभागिता रहेको गोष्ठीबाट ‘राई पृथ्वीनारायण शाहले दिएको पद्वी नभएको, जातिको महलमा राई, मातृभाषा र पुर्खाको भाषामा आफ्नो भाषा, दोस्रो भाषामा छिमेकी किरात राई भाषा एवम् धर्ममा किरात’ लेख्ने लगायतका बुँदाहरु हलले सर्वसम्मत पारित गरेको घोषणापत्र किरात राई यायोक्खाको अध्यक्ष, जिमी (राई) उत्थान समाज, सोलुका केन्द्रीय अध्यक्ष, स्थानीय समिति सोलुखुम्बुका अध्यक्ष, थुलुङ राई संस्कृति प्रतिष्ठानका केन्द्रीय अध्यक्ष, किरात बायुङ राई सुम्निखिमका केन्द्रीय सदस्य, किरात खालिङ राई उत्थान संघ, जिल्ला कार्यसमिति, सोलुखुम्बुका अध्यक्षलगायतको संयुक्त हस्ताक्षरमा जारी भएको छ ।

Please enter your comment!
Please enter your name here